राहदानी बनाउन राष्ट्रिय परिचयपत्रको आवश्यता रहेको भन्दै फोटो खिचाउन जिप्रका धनुषाको आग्रह
टुडेपाटी–
जनकपुरधाम, मंसिर ६ गते ।
धनुषामा पास्पोर्ट बनाउनेहरुलाई राष्ट्रिय परिचय पत्र बनाउन प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै निकट भविष्यमा राहदानी लिनुपर्ने सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्र बनाउन आग्रह गरेको छ । सोको लागि प्रशासनले फोटो खिचाउन भनेको छ ।
परराष्ट्र मन्त्रालयले मंसिर १ गतेबाट विद्युतिय राहदानी जारी गर्ने कार्यको प्रारम्भ गरेकोले राहदानी बनाउन राष्ट्रिय परिचय पत्र आवश्यक रहेकोले परिचयपत्र बनाउन फोटो खिचाउन प्रशासनले आग्रह गरेको छ ।
यस अघि जिप्रकाले एमआरपी राहदानी फारम संकलन गर्ने काम स्थगित गरेको थियो । डाटा माइग्रेशन लगायतका प्राविधिक तयारी गर्नुपर्ने भन्दै फारम संकलन गर्ने कार्य बन्द गरेको थियो ।