TodayPati

राजविराज नगरपालिकाको १४ नम्बर वडा कार्यालयमा ९ दिनदेखि तालाबन्दी

शुभ नारायण यादव

सप्तरी , मंसिर ५ गते ।

सप्तरीको राजविराज नगरपालिका पर्साहीस्थित १४ नम्बर वडा कार्यालयमा तालाबन्दीका कारण सम्पूर्ण कामकाज पूर्ण रुपले प्रभावित भएको छ ।

Sponsored

सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरु उपस्थित नभएको आक्रोशमा स्थानीयले तालाबन्दी गरेका हुन् ।

नौ दिनदेखि तालाबन्दी हुँदा वडा कार्यालयको सेवा पूर्ण रुपले ठप्प भएको छ ।

लामो समय सम्म तालाबन्दी हुँदा समेत खोल्नेतर्फ कसैले चासो नदिएको सेवाग्राहीको गुनासो छ । स्थानीय सरकार भनिएपनि वडामा तालाबन्दीका कारण कामकाज नै रोकिनु दुःखद् रहेको स्थानीय बासुदेव मण्डलले बताए ।

Sponsored

तालवन्दीका कारण जन्म दर्ता, विवाह दर्ता लगायतका व्यक्तिगत घटना दर्तादेखि बिभिन्न किसिमका सिफारिस समेत रोकिएका कारण सर्वसाधारण जनताले सस्ती भोग्नु परेको देवनाथ सदाले गुनासो गरे ।

वडा अध्यक्ष शोभालाल मण्डलले जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरेर ताला खुलाउने प्रतिक्रिया दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *