काँग्रेसको जनकपुरधाम सभापतिमा पुनः साह
टुडेपाटी-
जनकपुरधाम, मंसिर ५ गते ।
नेपाली काँग्रेसको जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापतिमा मनोज साह निर्विरोध निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत आइतबार साहलाई सभापतिमा सर्वसम्मत चयन गरिएको हो ।
अन्य पदहरुमा सहमति हुन नसकेपछि सोमबार निर्वाचनको समय निर्धारण गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ । नेताहरूले भने सहमतिको प्रयास जारी राखेको बताइएको छ ।
पार्टीको जनकपुरधाम नगर उपसभापतिमा राकेशविक्रम साह, पंकज कुमार महतो, विक्रम यादव, दिनेश यादव र नरेश यादवलगायत पाँच जनाले उम्मेदवारी दिएका छन् ।
सचिवमा लालबाबु मिश्र, जितेन्द्र प्रसाद साह, निरज कुमार झा, लव कुमार झा र विरेन्द्र कुमार यादवलगायत ६ जनाको उम्मेदवारी परेको छ ।
Sponsored
त्यस्तै, सह–सचिवमा लक्ष्मी यादव, राकेश कुमार पाठक, ज्ञानेश्वर प्रसाद मण्डल, उपेन्द्र यादव, हरिनारायण यादव र दिपक कुमार ठाकुरले उम्मेदवारी दिएको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए ।