जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो
टुडेपाटी–
जनकपुरधाम, मंसिर १ गते ।
जानकी मेडिकल कलेजमा कर्मचारीहरुले ताला लगाएपछि प्रहरीले त्यसलाई खोलेको छ । कलेजमा श्रमशोषण भइरहेको भन्दै आन्दोलनरत रहेका कर्मचारीहरुले आज बिहान तालाबन्दी गरेका थिए ।
कलेजका प्रशासक दयानन्द झाले कर्मचारीले कलेजमा तालाबन्दी गरेपछि प्रहरी आएर ताला खोलेको बताए । उनले छलफलबाट समाधान हुने कुरामा तालाबन्दी हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै प्रहरी बोलाई तालाबन्दी खुलाइएको बताए ।
झाले तालाबन्दी खुलेपछि पठनपाठन शुरु भएको जानकारी दिए ।उनले आन्दोलनरत कर्मचारीलाई वार्तामा आउन अनुरोध समेत गरेको उनको भनाइ छ ।
तलबभत्ता, सञ्चयकोष, दशैँ खर्च लगायतका माग राख्दै कर्मचारी, चिकित्सक, फ्याकल्टी र सञ्चालकबीच विभिन्न मितिमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै कर्मचारीहरुले कलेजको विज्ञान संकायतर्फ ताला लगाएका थिए ।
Sponsored