न्यायालयको विवाद छिट्टै समाधान हुन्छ : प्रचण्ड
टुडेपाटी–
जनकपुरधाम, मंसिर १ गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । अध्यक्ष दाहालले न्यायालयको समस्या एक/दुई दिनभित्र अदालतबाट नै सल्टिने बताए ।
बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए । उनले भने, ‘अशा गरौँ, विवाद त्यहीँबाट सल्टियोस् ।’
अदालतमा देखिएको समस्या एक दुई दिनमा समाधान नभए राजनीतिक रुपमा हल गरिने अध्यक्ष दाहालले बताए ।
सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको भन्दै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको उनले बताए ।
Sponsored