TodayPati

प्रदेश २ : शुल्क उठाएको भन्दै विद्यालयमा तोडफोड र आगजनी

टुडेपाटी–
रौतहट, कार्तिक ३० गते ।

रौतहटमा शुल्क उठाएको भन्दै स्कुलमा विद्यार्थीहरुले तोडफोड र आगजनी गरेका छन् । जिल्लाको सदरमुकाम गौरको जुद्ध उच्च माविमा विद्यार्थीहरुले सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म कुनै बहानामा शुल्क लिन नपाइने भने पनि विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै आगजनी गरेका हुन् ।

विद्यालयले नेपालीमा पढ्ने विद्यार्थीलाई निशुल्क र अंग्रेजीमा पढ्ने विद्यार्थीबाट मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको शुल्क लिने गरेको छ ।

Sponsored

विद्यार्थीहरुले सोमबार विद्यालयमा रहेका खानेपानीका ट्याङ्की पनि तोडफोड गरेका छन् ।

गौर नगरपालिका कार्यालयले समेत कुनै पनि बहानामा शुल्क नउठाउन पत्रचार गरे पनि जुद्ध माविले मानेको छैन ।

अनेरास्वयूका केन्द्रिय सदस्य रवि मिश्रले आफुहरुले पटक पटक प्रधानाध्यापकलाई शुल्क नउठाउन तथा पाठ्यपुस्तक निशुल्क वितरण गर्न माग गर्दा समेत विद्यालय प्रशासनले अटेर गर्ने गरेको बताए ।

Sponsored

मिश्रले भने गौर नगरपालिकाले सूचना नै जारी गरेर शुल्क नउठाउन भन्दा पनि विद्यालयले नमानेको, शुल्क तिर्न नसक्ने गरीबका बालबालिकाले अझै पुस्तक नपाएको बताए ।

यता प्रधानाध्यापक चन्देश्वर राउतले विद्यार्थी संख्या अत्यधिक भएको र शिक्षक दरबन्दी कम भएपछि विद्यालयले आफ्नै स्रोतमा अंग्रेजी माध्यमको कक्षा सञ्चालन गरेकाले मासिक ३ देखि ७ सयसम्म शुल्क लिने गरेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *