TodayPati

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : राजेन्द्र महतो

टुडेपाटी–
पर्सा, कार्तिक ३० गते ।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै वरिष्ठ नेता महतोले न्यायालयको नेतृत्व गर्न प्रधानन्यायाधीश जबरा असफल भइसकेको दावी गरे ।

उनले नेपाली जनताले न्यायालयबाट न्याय नपाइरहेका बताउँदै भने, ‘अदालत चल्न नसकेको अवस्था छ । अदालतको न्यायाधीश र कानून व्यवसायी आन्दोलनमा छन् । सेटिङमा देश चलेको छ । त्यसैले त्यसको जिम्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लिनुपर्छ ।’

Sponsored

वरिष्ठ नेता महतोले न्यायालय फेल हुनु भनेको देश फेल हुनु हो भन्दै यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको बताए । महतोले यसको अविलम्ब निकास दिनुपर्ने तर्क गरे ।

न्यायालयको गरिमालाई बचाउन जबराले अविलम्ब राजीनामा दिएर निकास दिनुपर्ने उनले भने ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *