TodayPati

धनुषामा समुहिक बलात्कार घटनाका फरार अभियुक्त खुलेआम घुम्दै

विजय साह

धनुषा, कार्तिक २९ गते ।

धनुषामा जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएको पीडित पक्षले आरोप लगाएका छन् ।

Sponsored

जिल्लाको विदेह नगरपालिका ४ ढाडी बस्ने ३० बर्षिया जितेन्द्रकुमार महरा र ३२ बर्षिय अरुणकुमार महरामाथि गाउँकै एक १६ बर्षिया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दायर भएको छ ।

मुद्दा दर्ता भएको ढेड महिना बित्नलाग्दा समेत आरोपित जितेन्द्र र अरुणलाई पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएको बालिकाको सानी आमाले बताएन् ।

सानी आमाका अनुसार ति दुबैजना गाउँ तथा नजिकको सहरमा खुलेआम डुलिरहन्छ । ति दुबै जनालाई पछिल्लो पटक जनकपुरस्थित एक होटलमा देखिएका थिए । असोज ३ देखि ६ गतेसम्म जितेन्द्र र अरुणले भतिजी बालिकालाई जनकपुरको शिवचौकस्थित एक होटलमा बन्धक बनाएर जबर्जस्ती करणी गरेको उनले आरोप लगाइन् ।

Sponsored

उनीहरुलाई प्रहरीले नै जोगाइरहेको आरोप लगाउँदै सानी आमाले भनिन् ‘घटना भएको १४ दिनपछि मात्र बालिकाको स्वास्थ्य जाँच गरियो भने झण्डै ढेड महिनापछि मुद्दा दर्ता ग¥यो ।’

सहिद नगरपालिका घर भएकी ति बालिकाको आमाको देहान्त भइसकेको र बुवाको मानसिक सन्तुलन बिग्रेपछि ढाडीस्थित सानी आमाको घरमा बस्दै आएकी छन् ।

पिडित बालिकालाई होटलमै अलपत्र छाडेर आरोपित फरार भएपछि असोज ६ गते साँझ घर पुगेकी बालिकाले आफुमाथि बलात्कार भएको रहस्य खोलेकी थिइन् । घटनाको रहस्य खुलेपछि बिदेह नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विनोद गोहितमान यादवले पीडित बालिकाकी सानी आमा लगायत गाउँहरुले ठाढी स्थित प्रहरीचौकीमा असोज ६ गते नै बालिकालाई जिम्मा लगाएका थिए ।

प्रहरीचौकीबाट जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालिन एसपी प्रकाश रानाभाटकै समन्वयमा बालिकालाई जनकपुर लगिएको थियो । प्रहरीले ति बालिकालाई आफ्नै निगरानीमा राखेपनि घटनाको १४ दिनपछि मात्र स्वास्थय जाँच र १७ दिनपछि मुद्दा दर्ता गरेको थियो ।

ढिलो गरी गरिएको स्वास्थ्य जाँच तथा मुद्दा दर्ताले प्रहरी प्रशासनले नै घटना दबाउने प्रर्यास गरेको आरोप सानी आमाले लगाइन् । ‘धेरै दबाबपछि मात्र स्वास्थ्य जाँच र मुद्दा दर्ता गरियो’ उनले भनिन् ।

मुद्दा दर्ता भएकै दिन जबर्जस्ति करणी अपराधमा फरार रहेका जितेन्द्र र अरुणलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय खजुरीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रचार गरेको थियो । तर घटना दुई महिनामा पनि प्रहरीले तिनीहरुलाई पक्राउ गर्न सकेको छैन ।

यता इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रबिन मैनालीले फरार अभियुक्त दुबैजनालाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको बताए । गाउँघरमै डुलिरहेको बारे आफुलाई थाहा नभएको भन्दै उनले कसैले देखे प्रहरीलाई जानकारी उपलब्ध गराएर सहयोग आग्रह गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *