TodayPati

पत्रकार र सञ्चारमाध्यमलाई अनुदानका लागि प्रेस काउन्सिलले माग्यो निवेदन

टुडेपाटी–
काठमाडौं, कार्तिक २९ गते ।

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम र पत्रकारलाई अनुदानका दिनको लागि निवेदन आह्वान गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा मिडिया विकास कोषका लागि बजेटमा स्वीकृत कार्यक्रम अनुसार अनुदानका लागि काउन्सिनल सूचना जारी गरेको हो ।

Sponsored

अनुदानका लागि तोकिएको सर्त पूरा गरी ३५ दिनभित्र काउन्सिलको कार्यालयमा निवेदन दिने सूचनामा उल्लेख गरिएको छ ।

काउन्सिले निवेदनका आधारमा २० जिल्लामा एक/एकवटाको दरले ल्याप्टप खरिदका लागि ४० प्रतिशत, पाँच जिल्लामा एक-एकवटा क्यामेरा खरिदका लागि ३० देखि ४० प्रतिशत, दुईवटा प्रेस स्थापनाका लागि अनुदान, दुईवटा रेडियो स्थापना र प्रत्येक प्रदेशबाट दुई÷दुई जनालाई इन्टरनेट जडानमा अनुदान दिनेछ ।

काउन्सिलले पत्रकारका लागि प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई लेखनवृत्ति र स्नातकोत्तर तहमा सोधपत्र लेखनका लागि प्रत्येक प्रदेशबाट एकजना गरी ७ जनालाई अनुदान उपलब्ध गराइने जनाएको छ ।

Sponsored

काउन्सिलले दुर्गम, स्थानीय र यसअघि सुविधान नलिएका पत्रकार र सञ्चार माध्यमलाई प्राथमिकतामा दिइने बताएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *