महोत्तरीमा ८ विगहामा लगाइएको अवैध गाँजा खेती नष्ट
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २८ गते ।
सशस्त्र प्रहरीले महोत्तरीमा आठ विगहा क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको छ ।
महोत्तरीको एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नं ३ अजम्वरपट्टी, वडा नं. ४ रानिरतुवा लगायतको विभिन्न स्थानमा लुकाइछिपाइ ८ विगहा क्षेत्रमा लगाइएको गाँजा सशस्त्र प्रहरीर नेपाल प्रहरीले संयुक्त रुपमा फँडानी गरी नष्ट गरेको हो ।
सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी गणेश ठाडा मगरको नेतृत्वको टोलीले आइतबार ८ विगहा क्षेत्रफलमा लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो।
सशस्त्र प्रहरीका ४५ जना र नेपाल प्रहरीका ३० जनाक प्रहरीको संयुक्त टोलिले महोत्तरीको आठ विघा क्षेत्रमा लगाएको गाँजा फडानी गरी नष्ट गरेको सशस्त्र प्रहरीका डीआईजी मगरले टुडेपाटीलाई जानकारी दिए।
उनका अनुसार सो क्षेत्रफलमा करिब ६ ट्रक मात्रामा गाँजा फडानी गरि बरामद गरेर नष्ट गरिएको हो ।
Sponsored
यस्तै, आइतबार सर्लाहीको लालबन्दी नगरपालिकामा १४ कामिटारमा ३ विगहा क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरेको सशस्त्र प्रहरी जनाएको छ।