TodayPati

जनकपुरको राजधानी हस्पिटलको लापरवाहीले नवजात शिशुको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २७ गते ।

चिकित्सको लापरवाहीले जनकपुरको एक हस्पिटलमा नजवात शिशुको मृत्यु भएको छ ।

जनकपुरको रामानन्दचोक स्थित सञ्चालित तराई राजधानी हस्पिटलले लापरवाही गर्दा एक शिशुको मृत्यु भएको हो ।

Sponsored

धनुषाको नगराइन नगरपालिका २ नगराइनका विजय मण्डलका श्रीमती २५ वर्षीया रोशनी मण्डलले हस्पिटलमै शुक्रबार राति ८ बजे समान्य रुपमा छोरालाई जन्म दिएकी थिइन् । जन्मिदा शिशुको अवस्था समान्य थियो । तर हस्पिटलको लापरवाहीले शिशुको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

शिशुको मृत्यु भएको हस्पिटलले बिहन ४ बजे जानकारी गराएको विजय मण्डलले बताए ।

मण्डलका अनुसार जन्मेको केहि समय पश्चात शिशुको स्वास्थ्य अवस्था खराब हुँदा एनआइसियुमा भर्ना गरिएको थियो । राति ११ बजे नै बच्चा चिच्याउँदा किन यस्तो भएको हो ? डाक्टर खै भनेर उनले सोधेका थिए । तर, रातभरि चिकित्सक नआएको र स्टाफ नर्सको भरमा उपचार गर्दा बच्चाको मृत्यु भएको विजय मण्डलको दावी छ ।

Sponsored

हस्पिटलमै कार्यरत्त एक स्वास्थ्यकर्मीले बालरोग विशेषज्ञ डा. संजिव साह बिहान ४ बजे मात्रै हस्पिटल आएका थिए । बिहान ४ बजेर २० मिनेटमा हस्पिटलले शिशुको मृत्यु भएको खबर दिएको मण्डलले दुखेसो पोखे ।

‘जन्मिदा बच्चाको अवस्था समान्य थियो । केहि समय पश्चात एनआइसियुमा राख्यो । डाक्र रातभर थिएन । स्टाफनर्सहरुले उपचार गरे । बिहान ४ बजे डाक्टर आएर ४ बजेर २० मिनेटमा हामीलाई बच्चाको मृत्यु भयो भनेर खबर दियो’, विजयले भने ‘हस्पिटलले लापरवाही गरेर नै बच्चाको मृत्यु भएको हो । बदहमासी गर्ने चिकित्सक र हस्पिटलमाथि कारबाही हुनु पर्छ ।’

यस घटना विषयमा हस्पिटलले आफ्नो कुनै लापरबाही नभएको दावी गरेको छ ।
राजधानी हस्पिटलले पटक पटक लापरवाहीले बिरामीको अकालमै ज्यान लिने गरेको छ । जनकपुरमा पछिल्लो समय पालिकाकै सिफारिसमा च्याउ उम्रे झै पाइलै पिच्छे मापदण्ड नै पुरा नगरी हस्पिटल संचालनमा आएको छ ।

दलालको भरमा बिरामीलाई ल्याएर लुट्ने तथा अकालमै ज्यान लिने गरेको छ । प्रहरी प्रशासन चरम पारबाहीका घटनालाई कमिसन र पैसाको चलखेल गरी ढाकछोप गर्ने गरेको आम जनगुनासो छ । सम्बन्धित नियामक निकायबाट समेत हस्पिटलहरुको अनुगमन निरीक्षण तथा कारबाही हुन सकेको छैन ।

यो पनि

जनकपुरको राजधानी हस्पिटलको लुट धन्धा : सामान्य प्रसुति चार्ज ७१ हजार, तिर्न नसक्दा सासू बन्धक

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *