मन्त्री साहले सप्तरीका छठ ब्रतालुहरुलाई बाँडे साडी र पैसा
शुभ नारायण यादव-
सप्तरी , कार्तिक २३ गते ।
हिन्दुहरुको महान पर्व छठको अवसरमा प्रदेश २ सामाजिक विकास मन्त्री नवलकिशोर साहले छठ ब्रतालुहरुलाई साडी तथा पूजा सामग्रीका लागि रकम वितरण गरेका छन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० का छठ ब्रतालुहरुलाई साडी र पूजा सामग्री किनमेल गर्न रकम वितरण गरेका हुन् ।
स्थानीय रामलखन मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेता देवेन्द्र झा,जसपा क्षेत्रिय अध्यक्ष रामचन्द्र साह, जसपा प्रदेश समिति सदस्य दिनेश यादव लगायतका उपस्थित रहेको थियो ।
सो अवसरमा मन्त्री साहले एक सय १० जना ब्रतालु महिलाहरुलाई उक्त सामग्री वितरण गरेका हुन् ।
Sponsored