TodayPati

छठको अवसरमा शहिदनगर नगरपालिकामा तीन दिन विदा

टुडेपाटी–
जनकपुरधाम, कार्तिक २२ गते ।


धनुषाको एक स्थानीय तहले छठको अवसरमा तीन दिन विदा दिने घोषणा गरेको छ । जिल्लाको शहिदनगर नगरपालिकाले छठ पर्वलाई मध्यनजर गर्दै नगरमा तीन दिनसम्म विदा दिने निर्णय गरेको छ ।


तराई मधेशमा निष्ठापूर्वक मनाइने छठ पर्वको अवसरमा व्रतालुहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कार्तिक २३, २४ र २५ गतेसम्म तीन दिन सार्वजनिक विदा दिने निर्णय भएको नगर प्रमुख उदय कुमार बरबरिया यादवले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *