बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
टुडेपाटी–
हेटौँडा, कार्तिक २२ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासका मत पाएका छन् । पाण्डेको पक्षमा ५९ र विपक्षमा ४३ मत आएको छ ।
पाण्डे कार्तिक ११ गते पाँच दलीय गठबन्धनका साझा उम्मेद्वारका रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभामा कामय रहेको १०९ मत मध्ये ५९ मत उनको पक्षमा र एमालेको ४३ जना सांसदले उनको विपक्षमा मतदान गरेका छन् ।
पाण्डेले कात्तिक १४ गते दर्ता गराएका विश्वासको मतको प्रस्ताव दर्ता गराएका थिए ।
नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाले मुख्यमन्त्रीमा समर्थन गरेका थिए । माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसदले पाण्डेलाई मत दिएका हुन् ।
नेमकिपा र विवेकशील साझाका दुई सांसद भने मतदानमा तटस्थ बसेको थियो ।
Sponsored