TodayPati

सर्लाहीमा ११ हजार भोल्टको करेन्ट लागेर युवकको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १९ गते ।

सर्लाहीमा ११ हजार भोल्टको विद्युतको तारम करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

ज्यान जानेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका ८ बस्ने २१ वर्षीय अकलेश सहनी रहेको प्रहरीले जनाएको छ ।

Sponsored

बिहीबार उिँसे दिपावलीको लागि घर अगाडीको विजुलीको पोलमा बत्ती जडान गर्ने क्रममा मथि रहेको ११ हजार भोल्टको तारमा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा सहनीको मृत्यु भएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *