बिहारमा विषाक्त रक्सीबाट २४ जनाको ज्यान गयो
एजेन्सी-
जनकपुरधाम, कार्तिक १९ गते ।
बिहारका दुई जिल्ला गोपालगञ्ज र बेतियामा विषाक्त रक्सीबाट २४ जनाको ज्यान गएको छ । धेरै बिरामी परेका छन् भने धेरैको आँखाको ज्योति गुमेको कछ ।
दुबै जिल्लामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । बिहीबार चम्पारणको बेतिया गाउँमा ८ जनाको मृत्यु भएको थियो भने गोपालगञ्जमा १६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। यद्यपी दुबै जिल्लाको प्रशासनले मृत्युको कारण भने पुष्टि गरेको छैन ।
उत्तर बिहारमा पछिल्लो १० दिनमा मदिरा सेवनबाट मृत्युको यो तेस्रो घटना हो ।
घटना विषयमा अनुसन्धन भइरहेको अधिकारीहरुले बताएका छन् ।
Sponsored