संघीय संसदका लागि आवश्यक उपसचिवका लागि लिइएको लिखित परीक्षामा सबै ‘फेल’
टुडेपाटी–
काठमाडौँ, कार्तिक १५ गते ।
संघिय संसदका लागि आवश्यक उपसचिवको लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षामा कोही उत्र्तिण भएका छैनन् । लोकसेवा आयोगले संघीय संसदमा दरबन्दी हुने गरेर उपसचिव वा सोसरहको पदका लागि लिखित परीक्षा लिएको थियो ।
आइतवार आयोगले परीक्षाफल प्रकाशित गर्दै कोही उत्तीर्ण हुन नसकेको जनाएको छ । आयोगले उपसचिव वा सोसरहको ३ वटा पदका लागि आवेदन खुलाएको थियो । तर त्यस पदको लागि माग भन्दा पनि कम दुई जना मात्र लिखित परीक्षामा सहभागी भएका थिए ।