TodayPati

प्रदेश २ : बैंकिङ कसुरका मुद्दामा वृद्धि

टुडेपाटी–
पर्सा, कार्तिक १५ गते ।


पर्सामा बैँकिङ्ग कसुरको मृद्दामा वृद्धि भएको छ । जिल्लामा चालु आर्थिक वर्षको साढे तीन महिनामा मात्र २ दर्जन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बैँकीङ्ग कसुरको घटना दर्ता हुने गरेको बताए ।
पर्सामा गत आर्थिक वर्षमा बैँकिङ्ग कसुरको ७२ वटा मुद्दा थियो । बैंकिङ कसुर शीर्षकमा दर्ता हुने मध्ये अधिकांश मुद्दा चेक बाउन्सकै हुने गरेको पर्सा प्रहरीले जनाएको छ । कपाली कागजको मुद्दा दर्ता गर्दा फैसला हुन वर्षौं लाग्ने तर चेक बाउन्ससम्बन्धी मुद्दाको छिटो किनारा लाग्ने भएकाले चेकमार्फत लेनदेन र सँगै बाउन्सका घटना पनि बढिरहेको प्रहरी नायव उपरीक्षक खानलको भनाइ छ ।

प्रहरीमा यस्ता उजुरी आउँदा तिनीहरुलाई अदालतमै जान परामर्श दिने गरिएको उनले बताए । मुद्दा दर्ता गरे देवानी मुद्दाको रुपमा प्रक्रिया अघि बढ्ने तर प्रहरीमा दर्ता भए मेलमिलाप र मुद्दा फिर्ता हुने सम्भावना बढी हुन्छ । प्रहरीमार्फत उजुरी अदालतसम्म पुगे फौजदारी अपराध कसुरमा मुद्दा दर्ता हुन्छ ।

महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार पछिल्लो समय जिल्ला न्यायाधिवक्ता कार्यालयले अदालतमा मुद्दा चलिसके पनि चेक बराबरको रकम लेनदेन गरी दुवै पक्षले मिलापत्र गर्न सक्ने व्यवस्था गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *