TodayPati

जनकपुरमा दोस्रो हस्तकला मेला हुने

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ५ गते

जनकपुरधाममा तीन दिने दोस्रो हस्तकला मेला तथा प्रदर्शनी हुने भएको छ ।

अगामी कार्तिक १२ गतेदेखि १४ गतेसम्म जनकपुरधामको गोपाल धर्मशालामा हस्तकला मेला हुने भएको पत्रकार सम्मलेन गरी जानकारी गराइएको छ ।

Sponsored

नेपाल सरकार महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय महिला, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश नं. २ तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा प्रदेश स्तरीय दोश्रो महिला हस्तकला मेला। प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले मेलाबाट स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धन गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा हस्तकला वस्तुको निकासी प्रवद्र्धन गर्न सघाउ पुग्ने बताए ।

प्रदेश– २ मा हस्तकला वस्तुलगायत स्थानीय उद्योगबाट उत्पादित सामानको बजार प्रवद्र्धन, स्थानीय कला तथा संस्कृतिको प्रचारप्रसार, नवोदित उद्यमीलाई वस्तु उत्पादनको बजारीकरण र उत्प्रेरणा, गरिब तथा विपन्न वर्गका महिला उद्यमी र तिनका परिवारलाई लघु, घरेलु हस्तकला उद्योगप्रति आकर्षण, स्थानीय उत्पादक, उपभोक्ता र क्रेतालाई एकै छाता मुनी भेला गराइ स्थानीय हस्तकलाको बजार प्रवद्र्धन, उद्यमी व्यवसायीको सम्पर्क र सम्बन्ध विकास गर्न‘ मेलाको उद्देश्य रहेको उपाध्यक्ष शाक्यले बताए ।

Sponsored

हस्तकला मेलामा प्रदेश नं २ को विभिन्न जिल्लाबाट महिला उद्यमीहरु सहभागी हुनेछ । उक्त मेलामा ७० देखी ९० वटा स्टलहरु रहने जनाएको हो । मेलामा २५ हजार आगन्तुकहरु ऋाउने अनुमान गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाल हस्तकला महासंघका कार्यकारणी सदस्य एवं कार्यक्रमका संयोजक सविता सिंह महर्जन,धनुषा हस्तकला महासंघका अध्यक्ष सुरेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *