पक्राउ परेका नेताकार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीद्वारा जनकपुरमा प्रदर्शन जारी
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ५ गते ।
जनमत पार्टीले आफ्ना नेताकार्यकर्ता रिहाइको माग गर्दै जनकपुरमा प्रदर्शन गरेका छन् ।
बिहीबार जनकपुर स्थित खानेपानी तथा ढलनिकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अमानवीय व्यबहार गरको आरोपमा प्रहरीले जनमतका १७ जना नेताकार्यकर्ता पक्राउ गरको हो ।
उनीहरुमाथि धनुषा प्रहरीले शुक्रबार अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको
छ ।
ती कार्यकर्ताहरुको रिहाइको माग गर्दै जनमत पार्टीले शुक्रबार गाउँगाउँबाट संयौ कार्यकर्ता जनकपुरमा उतारेर प्रदर्शन गरिरहेका छन् ।
Sponsored