TodayPati

गौशालामा खुल्ला झिझिया प्रतियोगिता सम्पन्न

टुडेपाटी-
महोत्तरी, असोज २३ गते ।

महोत्तरीको गौशालामा खुल्ला झिझिया नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

रेडियो रुपान्तरण १०६।३ मेगाहर्जको आयोजनामा गौशालामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

Sponsored

प्रतियोगितामा रजखोर टिम प्रथम, मगही नाटय कला केन्द्र धनुषा टिम दोस्रो र तेस्रो स्थानमा विषहरपुर टिमले कब्जा जमाएको छ । त्यस्तै सान्तव्ना स्थानमा गौशाला टिम रहेका छन् ।

कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रदेशसभा सदस्य शारदादेवी थापाले मधेशका महिलाहरु सशक्तिरणको सवालमा अगाडि पाईला वढाएको बताईन ।

अव यहाँका महिलाहरु खुलेर आवाज वाहिर निकाल्ने भएकोले समाजिक रुपान्तरणका निम्ति जनप्रतिनिधीलाई भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता उपर थापाले जोड दिइन । हरिवन नगरपालिकाकी उपप्रमुख रेणु दाहालले वोक्सीलाई हरेक मानवले मनमष्तिस्कबाट निकाल्नुपर्ने समय आएको बताइन् ।

Sponsored

२१ औं शताब्दीमा प्रवेश गरेका नेपाली समाजमा वोक्सी नरहेको जनविश्वास वढनु सकारात्मक रहेको उपप्रमुख दाहालले जानकारी दिइन् । पूर्वसभासद वुधनीदेवी महतोले पुर्खौली संस्कार एवम संस्कृतिलाई संरक्षण गर्न वर्तमान परिवेशमा आवश्यकताउपर जोड दिइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *