TodayPati

धनुषामा दर्दनाक घटना : दुई नाबालक छोराको घाँटी कसेर हत्यापछि आमाले गरिन् आत्महत्या

टुडेपाटी-
जनपुरधाम, असोज २३ गते ।

धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफू पनि झुण्डेर आत्महत्या गरेकी छिन् ।

शुक्रबार साँझ धनुषाको नगराईन नगरपालिका–४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई घाँटी कसेर हत्या गरिसकेपछि आफूले पनि पासो लगाएर आत्महत्या गरेकी हुन् ।

Sponsored

मजदूरको काम गर्ने श्रीमान गुरुदेव कामको सिलसिलामा जनकपुर आएको बेला गुडियाले यस्तो घटना घटना गरेको जिल्ला प्रहरी कर्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार साँझ घरमा वृद्ध सासु ससुरामात्रै थिए। ३ बजे अघि श्रीमानलाई गुडियाले फोन गरेको केहीबेरपछि गुडियाले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले बताएका छन्।

डिएसपी बस्नेतका अनुसार प्रेम विवाह गरेका गुडियाको माइती पक्षले हालसम्म स्वीकार नगरेको अनुसन्धानको क्रममा भेटिएको छ ।
अनुसन्धानबाट श्रीमान श्रीमतीबिच कुनै प्रकारको विवाद नभएको पाइएको छ ।

Sponsored

तीनैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *