सप्तरीबाट अवैध ७ किलो चाँदीको गहनासहित एक युवक प्रहरीको फन्दामा
शुभ नारायण यादव-
सप्तरी, असाेज २२ गते ।
सप्तरीमा लाखौं मूल्य बराबरको अवैध चाँदीको गहनासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा नम्बर १ भारदहबाट युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा माेरङकाे रङ्गेली नगरपालिका वडा नम्बर ९ निवासी २६ वर्षीय उमेश विक रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भारदहकाे टाेलीले चेकजाँचकाे क्रममा विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । ।
पक्राउ परेका विकको साथबाट सादा पाउजु ८८ पिस ,जेन्स ब्रासलेट २७ पिस , लेडिज ब्रासलेट ३ पिस ,झालर पाउजु ३० पिस ,बच्चाको पाउजु ६२ पिस ,सिकडि ७२ पिस ,बच्चाको चुडडा २८ पिस गरी कुल ७ किलाे अवैध चाँदीको गहना अर्थात ६ लाख ६० हजार मूल्य बराबरको उक्त अवैध समानसहित नियन्त्रणमा लिएको काफ्लेले जानकारी बताए ।
नियन्त्रणमा लिएका विकसहित चाँदीलाई अावश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरी पठाएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
Sponsored