TodayPati

सर्लाहीमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै ज्यान गयो

टुडेपाटी-
सर्लाही, असोज २२ गते ।

सर्लाहीमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका- ५ बस्ने अन्दाजी ४७ वर्षका पुकार महतोको मृत्यु भएको हो ।

उनको सर्लाहीको हरिपुर्वा नगरपालिका- ९ स्थित सडकमा ज१त ९२७९ नम्बरको  ट्याक्टरले दिएको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

Sponsored

ईश्वरपुरको जंगलबाट सुकेको दाउरा साइकलमा राखेर हरिपूर्वातर्फ आउँदै गरेको ट्याक्टरले महतोलाई पछाडिबाट ठक्कर दिएको थियोे । घटनालगत्तै भाग्न खोजेका ट्याक्टर चालकलाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् । 

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बुढाथोकीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *