पाकिस्तानमा आज बिहानै शक्तिशाली भूकम्प, २० जनाको ज्यान गयो
एजेन्सी-
जनकपुरधाम, असोज २१ गते ।
पाकिस्तान आज (बिहीबार) बिहानै भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको छ ।
पाकिस्तनको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प गएको हो ।
स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार घटनामा करिब ५० जना घाइते भएका छन् । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।
भूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूले बताएका छन् ।
भूकम्पपछि क्वेटा शहरमा मानिसहरु सडकमा निस्केको बीबीसीले जनाएको छ।
प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान गरिएको छ । कम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको मृत्यु भएको हो ।
Sponsored