TodayPati

मुख्यमन्त्री राउत बने दुई तिहाइ बहुमतको सरकार

टुडेपाटी-
जनकपुरधाम, असोज २० गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइ विश्वासका मत पाएका छन् ।
बुधबार बसेको प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा उनले प्रदेशसभामा कायम सांसद संख्याको दुई तिहाइ विश्वासका मत पाएका हुन् ।

प्रदेशसभामा हाल कायम १०४ सदस्य संख्या मध्ये उनको पक्षमा ७७ र विपक्षमा २३ मत परेको छ ।

Sponsored

प्रमुख सत्तारुढ जनता समाजवादी पार्टी (जसपा० विभाजन भएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिएका हुन् ।

उनलाई आफ्नै दल जसपाका ३०, सत्ताघटक नेपाली काँग्रेसका १९ र नेकपा माओवादी केन्द्रका ८ मत र सत्ता बाहिर रहेका नेकपा एकीकृत समाजवादी पार्टीका ११ सांसदले विश्वास मतको पक्षमा मतदान गरेका छन् । एकीकृत समाजवादीका डिल्ली उप्रेती र मञ्जु यादव अनुपस्थित थिए ।
यस्तै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १५ र नेकपा एमालेका ८ सांसदले विपक्षमा मतदान गरेका थिए । लोसपाकी प्रदेश सांसद डिम्पल झा भने अनुपस्थित थिइन् ।

प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री राउतको पक्षमा ७७ मत परेको छ। यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो।

Sponsored

मुख्यमन्त्री राउतले विश्वासको मत लिन बुधबार दोस्रो पटक बसेको संसदमा प्रदेशसभाका १०० सदस्यले मतदान गरेका थिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *