TodayPati

बारा र पर्सामा करेन्ट लागेर भारतीय मजदुरसहित दुईजनाको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, असोज २० गते ।

बारा र पर्सामा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ । वीरगञ्जको सर्वोत्तम स्टिल प्रालिमा कार्यरत एक भारतीय मजदूरको करेन्ट लागेर ज्यान गएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित सर्वोत्तम स्टिल प्रा.लिमा काम गर्ने भारतीय कामदार १६ वर्षीय सचिन कुमार रहेका छन्

Sponsored

मंगलबार कारखानामा रहेको गेलेन्डर मेशिन चलाउने क्रममा अचानक विद्युत् सर्ट भइ करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका सचिनको उपचारको क्रममा वीरगञ्जको बयोद्धा अस्पतालमा मंगलबार दिउँसो मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको खनालले बताए ।

सर्वोत्तम स्टिलमा गत भदौ १० गते फलाम गलाउने सिसिएम भट्टी विस्फोट हुँदा जलेर १५ जना घाइते भएका थिए । तीमध्ये पाँच जना भारतीय मजदूरको पटनामा उपचारको क्रममा मृत्यु भएको थियो ।

Sponsored

त्यस्तै पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर बारामा बुधबार एकजनाको मृत्यु भएको छ ।

करेन्ट लागेर बाराको महागढीमाई नगरपालिका– ८ ब्रम्हपुरी टोल बस्ने ५० वर्षका रामेश्वर महतोको मृत्यु भएको हो ।

बारीमा रहेको पानी तान्ने मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *