खैरो हिरोइनलगायत अवैध लागूऔषधसहित बाराबाट चारजना पक्राउ
टुडेपाटी-
बारा, असोज २० गते ।
बारामा खैरो हिरोइनलगायतका अवैध लागूऔषधसहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–७ माझीटोल बस्ने लोकबहादुर रानामगर, रवि तामाङ, वडा नम्बर ६ बस्ने दिनेश थापा र मेघराज तिमल्सिना रहेका छन् ।
लोकबहादुर रानामगरले आफ्ना घरमा लागूऔषध बिक्री गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले रानामगरको घरबाट लागूऔषध डाइजोपाम, नुर्फिन, फेनारागन २८र२८ पिस र लागूऔषध खैरो हिरोइन १ ग्राम २० मिलिग्राम बरामद गरेको उनले बताए ।
लागूऔषधको बारेमा अनुसन्धान गर्ने क्रममा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Sponsored