युवकको सुनको सिक्री लिएर फरार दुई टिकटकबाली प्रहरीको फन्दामा
टुडेपाटी-
काभ्रे, असोज २० गते ।
टिकटक बनाउनका लागि भन्दै सुनको सिक्री लिएर फरार भएका दुई युवती प्रहरीको फन्दामा परेका छन् ।
काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं–३२, जडीबुटीमा बस्दै आएकी १९ वर्षीया उर्मिला भन्ने यूनिसा मगर र काभ्रेकै नमोबुद्ध नगरपालिका–८ घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएकी रोशनी भन्ने सुनिता तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
दोलखा मेलुङ्ग गाउँपालिका–४ घर भई हाल काठमाडौं बौद्ध बस्ने एक युवकलाई यूनिसा र सुनिताले फोन गरी एयरपोर्ट बोलाएर ट्याक्सीमा राखी ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेज पुर्याएका थिए।
यसपछि युनिसाले टिकटक बनाउन्छु भनी करिब अढाई लाख पर्ने सुनको सिक्री ती युवकबाट लिएर बेपत्ता भइन् । केही छिनमा नै उनीहरूले साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा जाने कुरा बताइन्। यसपछि उनीहरू तीनै जना उक्त होटलमा पुगेका थिए। त्यसबेलासम्म पनि सिक्री युनिसाकै साथमा थियो।
होटलको कोठामा पुगेपछि सुनिता तामाङ र ती युवकलाई मात्र होटलको कोठामा छाडेर बाहिर निस्किएकी थिइन् । यसपछि सुनिताले रेडमी कम्पनीको मोबाईल कोठामा छोडी बाहिरबाट कोठा बन्द गरी बाहिरिएकी थिइन्।
Sponsored
पीडित युवकको उजुरीको आधारमा दुवै जनलाई सोमबार गोगबुबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
दुबैजनाविरुद्ध ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर जवालाखेल, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।