अभियानद्वारा मुख्यमन्त्री कार्यालय घेराउ, वनमन्त्रीको राजिनामा माग
टुडेपाटी-
जनकपुरधाम, असोज १९ गते ।
चुरे तथा वनजंगल संरक्षण अभियानले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई घेराउ गरेको छ ।
प्रदेश सरकारले चुरे अभियानी संग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै मंगलबार मुख्यमन्त्री कार्यालय घेराउ गरको हो ।
छानविन प्रतिवेदन सार्वजनिक, हुकुम्बासीलाई बाँडेको जग्गा बदरसहितको माग गर्दै जनकपुरधामको स्टेशन एरियाबाट निकालिएको विरोध जुलुस नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी पुगेर घेराउ गरि कोणसभा गरेको थियो ।
सुकुम्वासीलाई न्याय दे,भ्रष्ट बन मन्त्री राजीनामा दे लगायत विभिन्न प्लेकार्डबोकेर नगर परिक्रमा गर्दै प्रदेशका वनमन्त्री विरुद्ध प्रर्दशन गरेका थिए ।
कोणसभामा वोल्दै चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले प्रदेश सरकारले २१ दिन भित्रमा छानवीन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धतालाई यथासिघ्र पालना गर्नुपर्ने माग गरेका छन् ।
Sponsored
उनले महोत्तरी जिल्लाको भंगहा नगरपालिका स्थित सुकुम्वासीको नाउमा हुकुम्बासीलाई जग्गा बाडिएकोले छानवीन गरि बदर गर्न माग गरे ।
अभियानले मंगलवारनै गैर सुकुम्वासीले कब्जा गरेको जग्गा बदर गरि असली सुकुम्वासीलाई प्रदान गर्न माग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र समेत वुझाएको छ ।
डिभिजन वन कार्यालय सिरहामा अनियमीतता र मारुती सिमेन्टले चुरे वनको जग्गा अतिक्रमण गरि प्रयोग गरेको सम्वन्धमा छानवीन गरि जग्गा फिर्तीका लागि चुरे अभियानीले ९ दिन सम्म जनकपुरधामको जनकचौकमा आमरण अनसनमा बसेका थिए ।
अनसनको नवौ दिनमा प्रदेश सरकारको तर्फबाट भौतिक योजना मन्त्री रामसरोज यादवले २०७८ भादो ४ गते अनशनकारीसंग सात वुंदे सम्झौता गर्दै २१ दिन भित्र छानविन समितिले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका थिए ।