TodayPati

मधुबनीका एक अपहरित युवकको सप्तरीबाट उद्धार

टुडेपाटी-
सप्तरी, असोज १६ गते ।

सप्तरी प्रहरीले अपहरणमा परेका एकजना भारतीय नागरिकको उद्धार गरेको छ । भारतबाट अपहरण गरी नेपाल ल्याइएका भारतीय नागरिकको सप्तरीको बलान बिहुल गाउँपालिकाबाट उद्धार गरेको हो ।

अपहरणमा परेका भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको लौकाहा ग्राम पन्चायत वडा नम्बर ९ बस्ने २२ वर्षका शंकरकुमार साहको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Sponsored

बलान बिहुल गाउँपालिका वडा नम्बर ५ रामनगरस्थित नेपाल भारत सीमानजिक झाडीमा खुट्टामा साङ्लोले बाँधेर राखिएको अवस्थामा साहकाे उद्धार  गरिएको उनले बताए ।

साहकाे अज्ञात समूहले अपहरण गरी नेपालको दशगजातर्फ लगेको सूचना भारतीय प्रहरीले दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपहरितको खोजी गरेको थियो ।

अपहरित साहलाई उद्धार गरिएपनि अपहरणकारी फेला नपरेकाे इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।

Sponsored

उक्त स्थानमा एनसेल कम्पनीको नेपाली सिमकार्ड प्रयोग भएको एउटा मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *