TodayPati

उत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, असोज १५ गते ।

संयुक्त राष्ट्र संघद्वारा विश्व खाघ कार्यक्रम अन्तर्गत उत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी दुई दिने अन्तरक्रिया गोष्ठी जनकपुरमा सम्पन्न भएको छ ।

“दिगो विकास लक्ष्य भोकमरीको अन्तय , खाघ सुरक्षा तथा उन्नत पोषण सुनिश्चिता तथा दिगो कृषिको प्रवद्र्धन गर्ने” मुल नाराका साथ विश्व खाघ कार्यक्रम सम्पन्न भएको हो ।

Sponsored

अन्तरक्रियामा वक्ताहरूले विभिन्न देशका सरकारहरुसँग सहकार्य गरी जीवन निर्वाहका साधनहरु प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

जलवायू परिवर्तन र यसले खाघ सुरक्षामा पार्न सक्ने असरहरुको पहिचानको अवधारना प्रयोग गर्दै नेपालको सन्दर्भमा यो अवधारणाको अभ्यास राष्ट्रिय योजना आयोगले विश्व खाघ कार्यक्रम, र प्रदेश नीति तथा योजना आयोग प्रदेश नं–२ ,जिल्ला समन्वय समिति र यू.के सरकारको जलवायू कार्यालयको सहकार्यमा भएको हो ।

जिवन निर्वाह पद्धतिका आधारमा छुट्याईएको क्षेत्रहरुको पहिचान,ती क्षेत्रका मानिसहरुको उत्थानशिलता,ती क्षेत्रहरुमा विगतमा भएका र भविष्यमा हुनसक्ने जलवायू परिवर्तनका असरहरु र खाघ सुरक्षाको दृष्टिकाणले ती क्षेत्रहरुको जोखिमता सम्बन्धि विश्लेषण गर्नु यस अन्तरक्रिया कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।

Sponsored

द उक्त कार्यक्रममा धनुषा जिल्लाका १८ स्थानीय तहका प्रमुख–उप्रमुख,कृषि शाखाका प्रमुख,विपद बिषय शाखाका प्रमुख,जिल्लाका सरोकारवाला कार्यलयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

परामर्श मार्फत संकलन गरिएका प्राथमिक सुचनाहरुको आधारमा जीवन निर्वाहका आधारहरुको क्षेत्र पहिचान र नक्शाकंन,जलवायू पुनरुत्थान,जलवायू परिवर्तनका असरहरु र खाघ सुरक्षाको दृष्टिगत गरि विश्लेषणबाट प्राप्त भएको जीवन निर्वाहका साधनहरु अत्यन्त उपयोगी हुने विश्व खाघ कार्यक्रमको प्रदेश संयोजक कृष्ण माझीले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *