TodayPati

बारामा पोखरीमा नुहाउने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

टुडेपाटी-
बारा, असोज १४ गते ।

बारामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–१ निवासी जितन मुखियाकी छोरी ६ वर्षीया सुमन कुमारी रहेकी छन् । पोखरीमा नुहाउने क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

जितिया पर्वको अवसरमा बुधबार आमासँगै उनी सोही स्थानमा रहेको पोखरीमा नुहाउन गएकी थिइन् । सोही क्रममा बालिकाको पोखरीमा डुबेर मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

बालिकाको शव सिम्रोनगढ अस्पतालमा राखिएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *