TodayPati

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजाय

टुडेपाटी-

काठमाडौं, असोज १४ गते ।

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजाय सुनाइएको छ । सार्कोजीलाई त्यहाँस्थित एक अदालतले जेल सजायको फैसला सुनाएको हो ।

Sponsored

सन् २०१२ मा राष्ट्रपतिमा आफू पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रूपमा सहयोग गरेको आरोप उनीमाथि लगाइएको थियो ।

सोही आरोपका आधारमा अदालतले सार्कोजीलाई दोषी ठहर गर्दै बिहीबार अदालतले एक वर्ष कारागार राख्नुपर्ने सजाय सुनाएको हो ।

सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो । यसअघि अर्को एउटा प्रकरणमा पनि उनको संलग्नता पुष्टि भएको थियो ।

Sponsored

त्यो घटनाका कारण ६६ वर्षीय सार्कोजीलाई गत मार्चमा तीन वर्षे जेल सजाय तोकिएको छ । रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *