रौतहटबाट ठूलो परिणाममा पटाकासहित एक युवक पक्राउ
टुडेपाटी-
रौतहट, असोज १३ गते ।
रौतहटबाट ठूलो परिणाममा प्रतिबन्धित पटाकासहित एक र अन्य मुद्दाका फरार दुई जना पक्राउ परेका छन् ।
ठूलो मात्रामा प्रतिबन्धित पटाकासहित सर्लाहीको पर्सा गाउँपालिका–४ का २५ वर्षीय संजित साहलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा ग १ ख ६३४१ नम्बरको बसमा चेकजाँचको क्रममा साहलाई पटाकासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनले ब्यागमा लुकाई राखेको एक लाख ६२ हजार ४८४ रुपैयाँ बराबरको बिष्फोटक पदार्थ पटाका बरामद भएको प्रहरीको भनाइ छ । उनलाई विष्फोटक पदार्थ पटाका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी रौतहट जिल्ला अदालतको २०७३ साल असार २८ गतेको फैसलाले चोरी मुद्दामा २ जनालाई दोषी ठहर गरी जनही एक महिना कैद र ८५ हजार जरिवाना गरेकोमा फैसलापछि फरार चन्द्रपुर नगरपालिका–५ बस्ने वर्ष २८ का करण चौधरी र सोही ठाउँका वर्ष २३ का अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
Sponsored
उनीहरुलाई कैद तथा जरिवाना भुक्तानीका लागि मंगलबार रौतहट जिल्ला अदालत, गौरमार्फत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।