TodayPati

लकडाउनका कारण अलपत्र परेका ५० जना श्रमिकलाई सप्तरीबाट उद्धार गरी घर पठाइयो

टुडेपाटी
सप्तरी, चैत १७ गते ।

लकडाउनका कारण अलपत्र परेका ५० जना श्रमिकलाई सप्तरीबाट उद्धार गरिएको छ ।

पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा अलपत्र परेका उनीहरुलाई उद्धार गरी घर पठाइएको प्रहरीले जनाएको छ ।

सरकारले लकडाउन घोषणा गरेयता उनीहरु खना तथा यातायात सेवान नपाउँदा अलपत्र परेका थिए ।

Sponsored

प्रहरुका अनुसार उद्धार गरिएका सर्लाहीका ३८, रौतहट, बारा र सिरहाका चारचार जनालाई आइतबार आआफ्नो गृह जिल्ला पठाइएको हो।

सडकमा पैदल हिँंडिरहेका श्रमिकलाई खाजा खुवाई सर्लाहीको लालबन्दीसम्म पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।

यस्तै मोरङ, सुनसरी र सप्तरीका विभिन्न कारखानामा कार्यरत मजदूर यातायात नपाउँदा पैदलै हिँडेरसमेत घर गएका छन्।

Sponsored

अलपत्र श्रमिकलाई विभिन्न स्थानीय तहसँग समन्वय गरी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *