TodayPati

रामानन्दचौक बम विस्फोट काण्डको सुनुवाइ उच्च अदालतमा सुरु

टुडेपाटी-
जनकपुरधाम, असोज ११ गते ।

झण्डै एक दशक अघि जनकपुरको रामानन्दचोकमा पाँचजनाको ज्यानजाने गरि भएको बम बिस्फोट काण्ड मुद्दाको सुनुवाई उच्च अदालमा सुरु भएको छ ।

२०६९ साल वैशाख १८ गते मिथिला राज्यको मागगर्दै जनकपुरधामको रामानन्द चोकको धर्नामा भएको बम विष्फोटको मुद्दाको सुनवाई उच्च अदालतमा जनकपुरमा आइतबारदेखि सुरु भएको हो । सो बम बिस्फोटमा धर्ना बसेका अन्य ३३ जना घाइते भएका थिए ।

Sponsored

सो घटनाको मुख्य योजनाकार अभियोगमा
जिल्ला अदालत धनुषाले पूर्व सांसद संजय (टकला)लाई जन्मकैदको सजाय सुनाइसकेको छ । साह हाल कारागार काठमाण्डुमा रहेका छन् ।

जिल्ला अदालतको फैसला विरुद्ध साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनवाई सुरु भएको हो ।

सो रिटको सुनाई धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासमा सुरु भएको हो ।

Sponsored

प्रहरी अनुसन्धानको अधारमा साहलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

अभियुक्त साहलाई सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको ह’त्यामा पनि धनुषा जिल्ला अदालते साहमाथि जन्मकैदको सजायको फैसला सुनाएको हो ।

धनुषाका तत्कालिन प्रहरी प्रमुख उत्तमराज सुवेदीको सकृयतामा साहलाई भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ गरी ल्याइएर कारबाही अगाडि बढाएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *