TodayPati

वीरगञ्जबाट चोरीको सामानसहित दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, भदौ २२ गते ।

वीरगञ्जबाट चोरी पैठारीको विभिन्न सामानसहितको दुईवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएको राति साढे ११ बजेको समयामा वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक सडकखण्डको बाटोबाट ना ३ ख ५१६५ र ना ३ ख ५५२५ नम्बरको मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Sponsored

पुरानो मितिको प्रज्ञापन पत्र देखाउँदै त्यसमा उल्लेखित मालवस्तुको सट्टा भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडा लगायत अन्य मालवस्तु लोड गरी चितवन लैजाँदै गरेको सूचनाको आधारमा ती ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

ट्रक रोकेर जाँच गर्ने क्रममा चालकहरु भागेकाले थप शंका उत्पन्न भएको उनले बताए । गाडीमा भएको प्रज्ञापन पत्र हेर्दा ना ३ ख ५१६५ मा २०७७ माघ २२ गते र ना ३ ख ५५२५ मा २०७८ साउन २१ गते लगायतका मितिको प्रज्ञापन पत्र भेटिएको थियो ।

तर बिल बिजकमा हाल सालैको मिति उल्लेख भएकाले गाडीमा रहेका सामानहरु प्रज्ञापन पत्र बमोजिम नरहेको हुन सक्ने भएकाले ट्रकलाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।

Sponsored

ट्रक र समानको मूल्य ८० लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *