TodayPati

बिजुलीको महसुल नतिरेपछि महोत्तरीका सबै रेडियो स्टेशन बन्द

टुडेपाटी-
जनकपुरधाम, भदौ २१ गते ।

महोत्तरीबाट सञ्चालित सबै रेडियो स्टेशन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणको बाँकी बक्यौता रकम नतिरेपछि जिल्लाका सबै रेडियोहरुको लाइन काटिएको छ ।

गौशालाका तीन र बर्दिवासका तीन गरी ६ वटा रेडियोको सोमबार लाइन काटिएको नेपाल .विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख विक्रम साहले जानकारी दिए ।

Sponsored

उनका अनुसार यसअघि बक्यौता रकम तिर्न सातदिने अल्टिमेटमसहित सम्बन्धित संस्थालाई पत्र काटिएको थियो ।

रेडियोहरुमा अधिकतम ५ लाखसम्म बाँकी बक्यौता रहेको काण लाइन काटिएको उनले बताए । सञ्चारमाध्यमको हकमा एकलाख भन्दा बढी बक्यौता रहेकाहरुको लाइन काटिएको प्रमुख साहको भनाइ छ ।

यता सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महोत्तरी अध्यक्ष राजकुमार श्रेष्ठले जिल्लाका सबै रेडियोको लाइन काटिएको बताएका छन् । उनका अनुसार हाल जिल्लामा १० वटा रेडियो सञ्चालनमा रहेको छ ।

Sponsored

कोरोना कहरले थला परेको सञ्चार क्षेत्रलाई यस्ता कार्यले हत्तोसाहित पार्ने काम भएको उनको भनाइ छ ।

‘कोरोना कहरमा निषेधाज्ञाले समग्र सञ्चार क्षेत्र थला परेको छ । विधुतको पैसा त हामीले तिर्नैपर्छ । तर यसरी हतारिएर लाइन काट्न हुँदैनथ्यो,’ अध्यक्ष श्रेष्ठले भने ‘हामी छलफल गर्दैछौं । संस्थागत निर्णय गरेर अघि बढ्छौं ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *