TodayPati

जसपाका प्रदेश २ सांसद जितेन्द्र सोनलले गरे लोसपामा सनाखत

टुडेपाटी-
जनकपुरधाम, भदौ २० गते ।

प्रदेश २ का पूर्वभौतिक पूर्वधार विकासमन्त्री तथा जसपाका प्रदेश २ सांसद जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् ।

सोनलले सोमबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा आएर लोसपामा सनाखत गरेका हुन् । सोनलको सनाखतसँगै प्रदेशमा लोसपा सांसदको संख्या १६ पुगेको छ ।

Sponsored

उनी बाराको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित भएका हुन् । सोनल तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए ।

यसअघि परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, वविता कुमारी, निलमदेवी भूमिहारिन, रमेशप्रसाद कुर्मी, डिम्पल झा, प्रल्हाद गिरी गोस्वामी, गौरीनारायण साह, अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले सनाखत गरेका थिए ।

जसपाका कुल ५५ सांसदमध्ये तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका ३० र राष्ट्रिय जनता पार्टी (राजपा) का २५ सांसद थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *