TodayPati

प्रदेश २ को कामकाजी भाषा मगही राख्न माग

टुडेपाटी-
जनकपुरधाम, भदौ २० गते ।

एक दर्जनभन्दा बढी गैर सरकारी संघसंस्थाले प्रदेश २ को कामकाजी भाषा मगही राख्न माग गरेका छन् ।

मुख्यमन्त्री लाल बाबु राउत र आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहलाई ज्ञापन पत्र बुझाउदै ती संस्थाहरुले मगही भाषालाई प्राथमिकतामा राख्न माग गरेका हुन् ।

Sponsored

मगही फाउण्डेशनका वरिष्ठ उपाध्यक्ष भुवनेश्वर महतोको नेतृत्वमा संस्थाहरुले ज्ञापन पत्र बुझाएका छन् ।

तराई मधेशमा सबभन्दा बढी बोलिने भाषा मगही रहेकाले प्रदेश २ को रौतहटको उत्तरी भेगदेखि पूर्वको झापासम्म बोलिन गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

मगही भाषा संरक्षण सम्वर्द्धन ,प्रदेश नम्वर २ के कामकाजी भाषा मगही , मगही विकाश बोर्ड गठन लगायतको माग गरिएको मगही भाषा अभियान्ता विजय कुमार साह बताए ।

Sponsored

मगही फाउण्डेशन ,हिमालय युवा क्लव , माहुलिया युवा सञ्जाल सिरहा, महोत्तरी युवा संजाल महोत्तरी, रुपान्तरण नेपाल महोत्तरी ,मगही नाटक कला केंद्र धनुषा , सहितके संस्थाहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *