TodayPati

प्रदेश २ मा अब ट्रायल पास गरेकै दिन हातमा लाइसेन्स

टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।

यातायात व्यवस्था कार्यालय बर्दिबासले अब ट्रायल पास गरेकैदिन सवारीचालक अनुमति पत्र (लाइसेन्स) दिन सुरु गरको छ ।


एकवर्ष परीक्षण कालहुने छुट्टै लाइसेन्स वितरण सुरु गरेको हो ।

Sponsored

ट्रयल पास गरेकै दिन एकवर्षे परीक्षण काल भएको लाइसेन्स कार्यालयले उपलब्ध गराउन सुरु गरेको यातयात प्रमुख पोषन थापाले जानकारी दिए ।

एकवर्षका लागि क्यूआर कोडसहितको परीक्षणकालिन लाइसेन्स वितरण सुरु गरेको बताए ।

No description available.

लिखित र ट्रायल पास गरेको वर्षदिनमा समेत स्मार्ट लाइसेन्स नपाउँदा धेरै सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

Sponsored

पछिल्लो समय स्मार्ट काड छपाई सादा कार्ड नभएर बन्द भएको हो । छापिए पनि ढिला गरी सर्वसाधारणलाई उपलब्ध गराउने गरिएको छ ।


एकवर्षे परीक्षणकालिन लाइसेन्स वितरणले सर्वसाधारणले राहत पाउने प्रमुख थापाको विश्वास छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *