नेपालमा थप १२६८ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १ हजार २४ र ४ हजार ३१२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।