TodayPati

धनुषामा खोला उत्खनन गरिरहेको ट्याक्टर नियन्त्रणमा


टुडेपाटी

जनकपुरधाम, भदौ १७ गते ।

धनुषामा अवैध रुपमा खोला उत्खनन गरिरहेको एक ट्याक्टर गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

Sponsored

बिहिबार विहान मिथिला नगरपालिका वडा नं. ३ हरिपुरमा पर्ने औरही खोलामा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा ज १ त २८७० नम्बरको ट्रयाक्टर गाउँलेले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीलाई जिम्मा लगाएका हुन् ।

स्थानीय निकायले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको बेला जयशिव भोले क्रसरले ट्रयाक्टरको प्रयोग गरेर अवैध उत्खनन् गर्ने गरेको छ ।

४।५ वटा ट्याक्टर प्रयोयग गरि उत्खनन गरिरहेको अवस्थामा ३०–३५ जनाको समूहमा गाउँले रोक्न पुगेका थिए । अन्य ट्याक्टर लिएर क्रसर माफिया भागेपनि एउटा भने नियन्त्रणमा लिएर गाउँलेले बुझाएको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्सपेक्टर दीपक सुवेदीले जानकारी दिए ।

Sponsored

यसअघि ती गाउँलेले चारदिन अघि पनि खोला उत्खनन गरिरहेको अवस्थामा तीनवटा ट्याक्टर नियन्त्रणम लिएर प्रहरीलाई बुझाएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *