TodayPati

वीरगञ्जमा ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

टुडेपाटी-
वीरगञ्ज, भदौ १५ गते ।

वीरगञ्जमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटको ठक्करबाट एकजना साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार दिउँसो ग्यास बुलेटको ठक्करबाट पर्साको बहुदरमाई नगरपालिका–२ निवासी ३० वर्षीय युवक लालबाबु साहको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

Sponsored

आज दिउँसो आईसिपीबाट निस्केको एन एल ०१ एबी ४३७३ नम्बरको ग्यास बुलेटले साह सवार साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको उनले बताए ।

ठक्कर दिने ग्यास बुलेटका चालक भारत बिहार मुजफरपुर बस्ने २६ वर्षीय ललन कुमार रायलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *