काेराेना महामारीकाबीच सप्तरीमा मटकी फाेर कार्यक्रम
शुभ नारायण यादव-
सप्तरी, भदौ १५ गते ।
काेराेना महामारीबीच सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर २ लाैनियाँमा श्रीकृष्ण जन्माष्टमीकाे अवसरमा मटकी फाेर कार्यक्रम सम्पन्न भएको छ ।
ग्राम देवता स्थान र सिद्धिदात्री भगवती मन्दिरकाे प्रांगणमा माटाको वर्तन डाेरीमा झुन्डयाई मटकी फाेरिएकाे छ । भगवान श्रीकृष्णले यसरी नै माखन चाेरी गरिएको समयकाे समझना गर्दै याे कार्यक्रम आयाेजना गरेको हाे ।
स्थानीय युवाहरुले विगत ५ वर्षदेखि आफ्ना संस्कृतिलाई जाेगाउने उदेश्यले निरन्तरता दिदै आएकाे स्थानीय यूवा वैदानन्द कुमार मण्डलले बताए ।
‘पछिल्लो वर्ष काेराेनाका कारण हामीहरुले आयोजना गर्न हुन सकेको थिएनन् । ‘यसवर्ष पनि साधारण तरिकाले आयाेजना गरिएको अर्का युवा,’ सुनिल मण्डलले भने, ‘हामीहरु पछिल्लो वर्षमा आसपासका गाउँमा पनि मटकि फाेर कार्यक्रम गरे वापत पुरस्कार समेत पाएका थियौं तर, यसपालि आफनै गाउँमा मात्रै आयाेजना गरेर समापन गरेका छाैं ।’
Sponsored