सर्लाहीका एक वडाध्यक्षविरुद्ध बलात्कार प्रयासको उजुरी दर्ता
टुडेपाटी-
सर्लाही, भदौ १५ गते ।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ ।
यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले बताए ।
भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेको प्रहरीले बताएको छ । उजुरीपछि वडाध्यक्ष यादव सम्पर्कविहीन रहेका र खोजी भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।