सर्लाहीका एक वडाध्यक्षले महिलामाथि बलात्कार प्रयास गरेको आरोप
टुडेपाटी-
सर्लाही, भदौ १५ गते ।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ नोकैल्वाकी ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास भएको छ ।
गएको भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि ब्यक्ति नरहेको मौका छोपेर घरभित्र प्रवेश गरि एक्लै सुतिरहेको अवस्थामा सोहि वडाका वडाध्यक्षले श्यामकुमार यादवले बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएएकी छन् ।
घरमा कोहि नभएको र आफु सुतिरहेको अवस्थामा घरमा पसी शरीरको संबेदनशिल अंगहरुमा हातपात गरि बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् । आफु जोडले चिच्याउँदा छिमेकहरु आएपछि वडाध्यक्ष भागेको ती महिलाको आरोप छ ।
वडाध्यक्ष यादवछिमेक रहेकाले यसअघि पनि उनले पटकपटक आफु माथि र्दुव्यवहार गरेको पीडित महिलाको गुनासो छ ।
फरार भएको वडाध्यक्ष यादव घटनाको दिनदेखि नै सम्पर्क विहीन रहेको गाउँलेहरुले बताएका छन् ।
Sponsored
आइतवार पीडित महिलाले वडाध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन दर्ता गराएकी छन् ।
उता वडाध्यक्षका भाइ जस्विन्दर यादवको भने राजनीतिक निहुँ र गाउँमै भएको पुरानो झगडाको रिसिवीको बदला लिन गाउँकै केही व्यक्तिहरुले बलात्कारको नाउँमा फसाएर बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।