TodayPati

स्थानीयको विरोधपछि जनकपुरको पुलचोकको सडक मर्मतको काम सुरु

टुडेपाटी-
जनकपुरधाम, भदौ १३ गते ।

स्थानीयको चक्काजाम र प्रदर्शनपछि जनकपुरको पुल्चोकको सडक मर्मत सम्भार शुरु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा हुलाकी राजमार्ग निर्देशनालय धनुषाले स्काभेटर लगाएर सडक मर्मतको काम शुरु गरेको हो ।

Sponsored

सडक मर्मतको माग गर्दै पुल्चोकका बासिन्दाले आइतबार बिहानदेखि सडकमा टायर बालेर बाटो नै अवरुद्ध गरेका थिए । दिउँसो सम्बन्धीत पक्ष र स्थानीयबासिन्दाबीच सहमति भएपछि सडकको गरेमा चक्कजाम खुलेको छ भने मर्मतको काम प्रारम्भ भएको हो ।

पहिलो चरणमा बाटोमा बनेको खाल्डो पुरेर पानीको निकास दिई माटो र ग्राभेलको काम गरिने जनाइएको छ । एक हप्ताभित्र कालोपत्रे, पुल तथा नाला निर्माण सम्बन्धमा छलफल गरि बनाउने सहमति भएको जनाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *