TodayPati

एनसेलको त्रुटी सुझाउने राजेशलाई दुरसञ्चार प्राधिकरणको प्रसंशा-पत्र

टुडेपाटी
जनकपुरधाम, भदौ १२ गते

एनसेलको एपमा भएको त्रुटि पत्ता लगाउने महोत्तरीका एक युवकलाई नेपाल दुरसञ्चार प्राधिकरणले प्रसंशा पत्र प्रदान गरेको छ ।

महोत्तरीका युवक राजेश कुमार रायले एनसेलको एपमा देखिएको समस्यालाई प्राधीकरणलाई समयमै जानकारी गराएको भन्दै उनलाई प्रसंसा पत्र प्रदान गरेको हो ।

Sponsored

दुरसञ्चचार प्राधीकरणले रायलाई एक पत्र लेख्दै चलानी नम्बर ७८६ को अनुसार एनसेल एपको एकाउण्ड फिचरसँग कमी कमजोरीको बारेमा प्राधीकरणलाई इमेल मार्फत गुनासो गरेको भन्दै प्रसंशा पत्र दिएको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा पटौली बस्ने राजेश कुमार रायले गत २७ जुलाईमा एनसेलको एपमा भएको कमजोरीको बारेमा गुनासो गरेका थिए । एपमा देखिएको गोपनीयताको विषयको कमी कमजोरीको बारेमा पत्ता लगाएर उनले प्राधीकरणलाई जानकारी गराएको थियो ।

सोही गुनासोको आधारमा प्राधीकरणलाई सहयोग गरी योग्दान पुरयाएको भन्दै रायलाई प्रसंसा पत्र प्रदान गरिएको नेपाल दुरसञ्चार प्राधीकरणका उपनिर्देशक रोजा किरण वासुकलाले जानकारी दिइन् ।

Sponsored

राजेशले केही दिन अगाडी मात्रै नेपाल टेलिकममा अरु को ब्यालेन्स र डाटा जो कसै ले जो कसै को हेर्न सकिने कमजोरी पत्ता लगाइ नेपाली टेलिकमलाई सचेत गराएको थियो। टेलिकम ले तुरुन्तै आफ्नो कमजोरी सुधार गरेको पनि थियो।

आईटी क्षेत्रमा कार्यरत रायले अन्य विभिन्न निकायको कमी कमजोरीलाई प्राधीकरणसम्म पुर्याउने कार्य गर्दै आएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *